दफा २१
नियमनकारी निकायका बीच सहयोग आदानप्रदान हुन सक्ने
(१) सूचक संस्थाको नियमन, अनुगमन तथा सुपरिवेक्षण गर्ने कार्य प्रभावकारी रूपमा सम्पन्न गर्नको लागि नियमनकारी निकायले ऐनको दफा ७प. को उपदफा (४) बमोजिम विदेशी मुलुकको समान प्रकृतिको काम गर्ने निकायसँग सहयोग _ आदानप्रदान गर्दा देहाय बमोजिम गर्नु पर्नेछ:-
(क) त्यस्तो : निकायसँग पारस्परिकताको आधारमा सहयोग आदानप्रदान सम्बन्धी समझदारी कायम गर्ने र सोको कार्यान्वयन दुई पक्षीय वा बहुपक्षीय हित हुनेगरी गर्ने,
(ख) त्यस्तो निकायले माग गरेको सूचना वा जानकारी आवश्यकता अनुसार नियमनकारी निकायको कार्यक्षेत्रभित्रको सूचक संस्थाबाट प्राप्त गरी उपलब्ध गराउने,
(ग) त्यस्तो निकायलाई ऐन बमोजिमको कसूर निवारणको कार्यमा सहयोग पुग्छ भन्ने लागेमा आफ्नो क्षेत्राधिकारभित्रको कुनै जानकारी प्रचलित कानूनको अधीनमा रही दिने।
(२) विदेशी मुलुकको समान प्रकृतिको काम गर्ने निकायले अधिकारप्राप्त अधिकारीलाई सो निकायको _तर्फबाट जाँचबुझ गरी सूचना उपलब्ध गराउन अनुरोध गरेमा: त्यस्तो अधिकारप्राप्त अधिकारीले माग भई आएको विषयमा जाँचबुझ गरी प्रचलित कानूनको अधीनमा रही माग भए बमोजिमको सूचना उपलब्ध गराउन सक्नेछ ।
(३) नियमनकारी निकायले विदेशी मुलुकको समान प्रकृतिको काम गर्ने निकायको तर्फबाट सामूहिक सुपरिवेक्षणलाई प्रभावकारी बनाउनको लागि प्रचलित: कानूनको अधीनमा रही आवश्यक जाँचबुझ गर्न वा विदेशी समकक्षी नियमनकारी निकाय आफैँले त्यस्तो जाँचबुझ गर्ने गरी सहजीकरण गरी दिन सक्नेछ।
(४) एकभन्दा बढी सूचक संस्थामा कुनै व्यक्तिको उल्लेख्य स्वामित्व रहेको र् प्रचलित कानून बमोजिम त्यस्तो सूचक संस्थाको नियमन गर्ने निकाय फरक फरक रहेकोमा आवश्यकता अनुसार . संयुक्त रूपमा निरीक्षण, अनुगमन तथा सुपरिवेक्षण गर्ने व्यवस्था गर्नु पर्नेछ।